• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भारतकाे तारिफ गर्दै सुन्दरमणिले भने- चिनियाँ राजदूतलाई फिर्ता पठाउनुपर्छ


मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित

काठमाडौं– नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई तत्काल स्पष्टीकरण सोध्ने र फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई पत्राचार गर्नुपर्ने माग गरेका छन्।

Advertisement

चिनियाँ राजदूतको पछिल्लो अभिव्यक्तिबारे अन्नपूर्ण पोष्टले समाचार लेखेको थियो। सोबारे दीक्षितले परराष्ट्रमन्त्री एनपी साउदले तत्काल चिनियाँ राजदूतसँग स्पष्टीकरण सोध्नुपर्ने माग गरेका हुन्।

आजको अन्नपूर्ण पोष्टमा ‘चिनियाँ राजदूतद्वारा गैरकूटनीतिक अभिव्यक्ति’ शीर्षकको समाचार प्रकाशित भएको छ। जसमा भनिएको छ‘ नेपालले भारतलाई गत आर्थिक वर्षमा दस अर्बको विद्युत निर्यात गर्‍यो जबकि नेपालले भारतबाट १९ अर्बको विद्युत आयात गर्‍यो। भारतसँग भइरहेको विद्युत व्यापारबाट नेपालले घाटा व्यहोरी रहेको छ। यस्तो अवस्थामा नेपाल कसरी आत्मनिर्भर बन्छ? चिनियाँ राजदूत सोङले प्रश्न गरे।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. दीक्षितले यस्तो माग गरेका हुन्।

‘चिनियाँ राजदूतको कुरा जुन उठाउनुभयो, यो कुरा मैले भर्खरै थाहा पाएँ। मिडियामा कतै आएको पनि थिएन। अन्नपूर्ण पोष्टले मात्रै यो कुरा दिएको रहेछ। यस्तो कुरा चिनियाँ राजदूतले भन्नु त यो त गैरजिम्मेवारीपूर्ण कुरा हो। यो त हाम्रो भारतसँगको सम्बन्ध नै खत्तम गर्नेजस्तो कुरो आयो। हामी कुनैपनि छिमेकीसँग सम्बन्ध खराब गर्न सक्दैनौं। यो याद गर्नुहोला। हाम्रो चीन र भारत यी दुई जुन छिमेकी छन्, यी दुवैसँग हामीले सम्बन्ध खराब गर्न सक्दैनौं। तर, याद गर्नुहोला भारतसँग हाम्रो ओपन बोर्डर छ। ओपन बोर्डर भन्नेबित्तिकै विशेष सम्बन्ध हुन्छ। यो आजमात्रै होईन, सयकडौं वर्षदेखि विशेष सम्बन्ध छ। ओपन बोर्डर भएको नाताबाट,’ उनले भने, ‘आज चिनियाँ राजदूतले जे भन्नुभयो, हाम्रो यतिका वर्षको सम्बन्ध बिगार्ने नै किसिमको कुरा उनले भने। यो चाहीँ मेरो विचारमा परराष्ट्रमन्त्रीले तत्कालै चिनियाँ राजदूतलाई बोलाएर अभिव्यक्तिबारे स्पष्टीकरण दिनुहोस भनेर भन्नुपर्छ। यो उहाँले तत्कालै भन्नुपर्छ। परराष्ट्र मन्त्रालयको तहबाट नै चिनियाँ गभर्मेन्टलाई (बेईजिङ) लाई भनेर तिम्रो राजदूतले यस्तो यस्तो अभिव्यक्ति दिएको छ, यो विल्कुलै हाम्रो हितको कुरा होईन। यसको लागि तिमीले तुरुन्तै यो राजदूतलाई फर्काउ भनेर हामीले भन्न सक्नुपर्छ।’

दीक्षितले चिनियाँ राजदूतलाई फिर्ता बोलाउनको लागि चिनियाँ सरकारलाई नै नेपालले पत्राचार गर्नुपर्ने बताए। उनले भने,‘त्यतिसम्म हामी नेपालले हिम्मत गर्नुपर्छ। देखाउनुपर्छ। आखिरमा जे भएपनि चीनले पनि आफ्नो नक्सामा नेपालको नक्सा (चुच्चे नक्श) पनि हालेन। मलाई थाहा छ? चुच्चे नक्शा नहाल्नुमा कुनै कारण पनि छ। ओलीजीले त्यो नक्शा त हाल्नुभयो। उहाँको तत्कालिन सरकारले संसारभरि आफ्नो मित्रराष्ट्रलाई चुच्चे नक्शा पठाएन। हाम्रो पार्लियामेन्टले पास त गर्यो, तर परिमार्जित नक्शा पत्राचार गरेन। अहिलेका परराष्ट्रमन्त्री एनपी साउदजीले नक्शा नपठाएको भन्नुभयो।’

उनले नेपालले चुच्चे नक्शा जारी गर्दा सबै मित्रराष्ट्रहरुलाई पत्राचार गरेको भए राम्रो हुने बताए। उनले भने, ‘जिओपोलिटिक्स कस्तो छ भने हामीले केही गर्न समर्थन चाहिन्छ। ओलीले पनि चीनसँग छलफल गरेको भए हुन्थ्यो। तर, चुच्चे नक्शा जारी गर्दा उहाँले छलफल गर्नुभएन। त्यो उहाँको ठूलो गल्ती थियो। चीनलाई हामीले पार्लियामेन्टबाट चुच्चे नक्शा जारी गर्दा थाहा थियो। नेपालमा यत्रो हलचल भएर हालेको नक्शा। चीनले मलाई थाहा थिएन भनेर भन्नु यो गलत हो। चिनियाँ राजदूतको अभिव्यक्ति नेपालको लागि अएकदमै अनर्थको कुरा हो।’

मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.