काठमाडौं– मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाह डिस्चार्ज भएका छन्।
Advertisement
मुटुमा समस्या देखिएपछि उनलाई हिजाे मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियाे। अस्पतालले उनलाई २४ घन्टा सुपरिवेक्षणका लागि राखिएकोमा उनकाे स्वास्थ्य अवस्था सामान्य भएकाेले डिस्चार्ज गरिएकाे बताएकाे छ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत अस्पताल पुगेका थिए।