• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा


    Avatar photo
शनिबार, भदौ १६, २०८० मा प्रकाशित

गलकोट- बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट रु ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल रु ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो ।

Advertisement

पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा पालिकाको आम्दानी रु १६ लाखले वृद्धि भएको छ ।

ढुङ्गा निर्यात गर्दै आइरहेको ताराखोला गाउँपालिकाभित्र एक सय युवाहरुले ढुङ्गा उद्योगबाट प्रत्यक्ष रोजगारी पाएको गाउँपालिकाको भनाइ छ ।

पछिल्लो समय नेपालमा आयातित टायल र मार्वलको विकल्प ताराखोलाको स्लेट ढुङ्गा बन्दै जाँदा यसबाट स्थानीय तहमा रोजगारी सृजना समेत भएको हो । पालिकामा अहिले १२ वटा ढुङ्गा उद्योग दर्ता भइसकेका छन् भने पाँच वटा उद्योगले नियमित ढुङ्गा निर्यात गरिरहेका छन् ।

ताराखोला गाउँपालिका–५ मा पिके ढुङ्गा उद्योग सञ्चालन गरी २२ स्थानीयलाई प्रत्यक्ष रोजगारी दिनुभएका पृथ्वी सुवेदीले यहाँ उत्पादित ढुङ्गाको माग उच्च रहेको बताउँदै काठमाडौँ, पोखरा, बुटवललगायतका नेपालमा मुख्य सहर तथा स्थानमा निर्यात भएरहेको जानकारी दिनुभयो । यहाँका ढुङ्गा विभिन्न सहरमा खपत भइरहेको र मार्वलको विकल्प बनिरहेको उहाँको भनाइ छ ।

“केही आफ्नो जग्गा र केही भाडामा जग्गा लिएर उद्योग सुरु गरेको छु”, उहाँले भन्नुभयो, “यहाँ ढुङ्गा बोक्ने ट्याक्टर ड्राइभरले समेत अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन्, मुख्य बाटोमा पु¥याएपछि ट्रकमा लोड गरी विभिन्न स्थानमा ढुङ्गा पु¥याइन्छ ।” यसका लागि विभिन्न स्थानमा डिपो समेत राखिएको उहाँको भनाइ छ ।

ताराखोलाको स्लेट ढुङ्गा ब्राण्ड भइसकेको भन्दै उहाँले परम्परागत घर छाउन प्रयोग हुने ताराखोलाको स्लेट ढुङ्गा अहिले आधुनिक घरका भित्तामा टास्न र भुँईमा छाप्न प्रयोग हुन थालेको बताउनुभयो । यस्तै ताराखोला गाउँपालिका–२ अर्गलका चरण घर्तीले जिसिजी ढुङ्गा उद्योगमार्फत १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो ।

उहाँले आफूले उत्पादन गरेको ढुङ्गा चितवन, पोखरा र दाङसम्म निर्यात हुने गरेको बताउनुभयो । अन्य स्थानको ढुङ्गाभन्दा यहाँको ढुङ्गा बलियो र राम्रो भएको भन्दै उच्च माग भएकाले मागअनुसार ढुङ्गा पु¥याउन मुस्किल भइरहेको उहाँको भनाइ छ । ताराखोलाको ढुङ्गा विभिन्न साइजमा ग्राहकको माग अनुसार उत्पादन गरिँदै आइएको छ । पछिल्लो समय पदमार्ग, पार्किङ र बगैँचामा यहाँकोस्लेट ढुङ्गा प्रयोग हुन थालेको छ ।

“अहिले आर्थिक मन्दीका कारण विकास निर्माण र घर निर्माणको काम कम हुँदा ढुङ्गाको बजार केही घटेको मात्रै देखिन्छ”, घर्तीले भन्नुभयो “तर आकाशे रङ्को ढुङ्गा ताराखोलाको भन्ने ब्राण्ड देशभर भइसक्यो, ताराखोलामा ढुङ्गा उत्पादन गर्न सकेमा बजारको समस्या छैन ।”

पालिकाको मुख्य आम्दानीको स्रोत ढुङ्गालाई बनाएको भन्दै ढुङ्गा उद्योग दर्ताका लागि स्थानीयलाई प्रोत्साहन गरिरहेको ताराखोला गाउँपालिकाका राजश्व शाखा प्रमुख देविलाल सापकोटाले बताउनुभयो । पालिकाको आर्थिक कार्यविधि अनुसार प्रतिवर्गफिट रु दुईका दरले कर तथा ठेक्कामार्फत निकासी कर सङ्कलन गर्दै आइरहेको सापकोटाको भनाइ छ ।

पालिकाले ढुङ्गा उद्योग दर्ता गर्न रु ३० हजार र नवीकरण गर्न रु २५ हजार शुल्क तोकेको छ । पालिकामा स्लेट ढुङ्गाको खानी प्रशस्त रहेकाले आन्दानीको स्रोत वर्षेनी बढाउने पालिकाको नीति रहेको सापकोटाले जानकारी दिनुभयो ।

ताराखोला गाउँपालिकाको राष्ट्रिय वन र सामुदायिक वनमा भएको उद्योग कानून अभावमा क्रमशः बन्द हुँदै गए पनि व्यक्तिगत जग्गामा रहेका ढुङ्गाखानीहरु पालिकाको कानूनभित्र रहेर सञ्चालनमा आएका हुन् ।

घर निर्माणका लागि विदेशबाट आयातित मार्बल तथा टायलको यहाँको स्थानीय ढुङ्गा (स्लेट) विकल्प समेत बन्दै गएको स्थानीयको भनाइ छ । हेर्दा आकर्षक देखिने विदेशी मार्बलभन्दा स्थानीय खानीबाट उत्पादित ढुङ्गा धेरै टिकाउ र परम्परागत देखिने भएकाले पछिल्लो समय यसको माग बढिरहेको हो ।

शनिबार, भदौ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.