काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४३ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४४ रुपैयाँ ३८ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६७ रुपैयाँ ६६ पैसा र बिक्रीमा १६८ रुपैयाँ ४२ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८५ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९८ रुपैयाँ, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९८ रुपैयाँ २६ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६ पैसा र बिक्रीमा ९ रुपैयाँ १० पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १३ पैसा र बिक्रीमा १८ रुपैयाँ २२ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ २३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३९ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ २५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४२ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ४८ पैसा र बिक्रीमा २८ रुपैयाँ ६१ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९७ पैसा र बिक्रीतर्फ १० रुपैयाँ २ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२८ रुपैयाँ ७६ पैसा र बिक्रीमा ४३० रुपैयाँ ७० पैसा तथा बहराइनको दिनार खरिदमा ३५० रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५२ रुपैयाँ १५ पैसा तय गरिएको छ।