काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४३ रुपैयाँ ७९ पैसा र बिक्रीमा १४४ रुपैयाँ ४४ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६७ रुपैयाँ २० पैसा र बिक्रीमा १६७ रुपैयाँ ९६ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ८५ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ४० पैसा र बिक्रीमा ९७ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ६० पैसा र बिक्रीमा ९८ रुपैयाँ ५ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीमा ९ रुपैयाँ ६ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १२ पैसा र बिक्रीमा १८ रुपैयाँ २० पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ २१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३७ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ २४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४० पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ४७ पैसा र बिक्रीमा २८ रुपैयाँ ५९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९८ पैसा र बिक्रीतर्फ १० रुपैयाँ २ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२८ रुपैयाँ ६४ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५८ पैसा तथा बहराइनको दिनार खरिदमा ३५० रुपैयाँ ३४ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ९४ पैसा तय गरिएको छ।