मोरङ– मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत डाक्टर प्रज्ज्वल कोइराला गएरातिदेखि बेपत्ता भएका छन्।
Advertisement
सप्तकोशीकाे पुलमा उनकाे गाडी भेटिएकाे उदयपुर प्रहरीले बताएकाे छ। पुलको रेलिङमा मोबाइल पनि भेटिएको र जुत्ता र मोजा पनि पुलमाथि नै प्रहरीले बताएकाे छ।
प्रदेश १-०२००२ च ४१६६ नम्बरको गाडीभित्र हस्पिटलको कागजपत्रसमेत फेला परेको प्रहरीले बताएकाे छ।
बिहानैदेखि होटल-हाेटल पुगेर फोटो देखाउँदै खोजी गर्दा समेत फेला नपरेपछि सप्तकाेशीमा हाम फालेकाे आशंकामा प्रहरीले सशस्त्रको गोताखोर टोली बोलाएको छ।