बाँके– बाँकेमा डिसहोम फाईबर नेटको तार पोलमा जोड्ने क्रममा करेन्ट लागेर एकजनाकाे मृत्यु भएकाे छ।
Advertisement
कोहलपुर नगरपालिका-१२ चप्परगौडी बस्ने सुर्खेत गुर्वाकोट नगरपालिका-१२ मेलकुना घर भएका २० वर्षीय गौतम वलीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हाे।
कोहलपुर नगरपालिका-२ बिकाशनगरस्थित डिसहोम फाईबर नेटको तार पोलमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले घटनाकाे बारेमा अनुसन्धान गरिरहेकाे बताएकाे छ।