काठमाडौं- आज तीनवटा प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ।
विभागका अनुसार कोशी, मधेश र गण्डकीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना देखिएको छ। यस्तै, कोशी, मधेश, वागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
वर्षाका कारण जल सतह बढ्ने भएकाले नदी तटीय इलाकाका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ। यस्तै, बाढी र भूक्षयको जोखिम कायम रहेको उल्लेख गरेको छ।
अहिले वर्षा गराउने मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै, बंगलादेशको उत्तरी भूभागमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपाली आकाशमा छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडका केही ठाउँमा हल्कादेखि मध्यम र हिमाल र मधेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनीको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, गण्डकीका केही ठाउँमा भारी वर्षाको समेत सम्भावना छ।