सर्लाही– पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित पौराहीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि फरार रहेका ट्रक चालक पक्राउ परेका छन्।
ठक्कर दिने ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ। सहचालकलाई भने त्यतिबैलै नियन्त्रणमा लिइएको थियाे।
बागमती नगरपालिका-१ स्थित पौराहीमा आज बिहान करिब ११ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेकाे ना६ख १५०० नम्बरको ट्रकले ठक्कर दिँदा चन्द्रपुर नगरपालिका-१ की अन्दाजी ५५ वर्षीया विमला विमलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार ट्रकले ठक्कर दिएर स्थानीय विमलीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्रकमाथि तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्।
श्रीमान-श्रीमती बजार गएर फर्किँदै गर्दा पौराही पुलमा विमलीलाई पछाडिबाट ठक्कर दिएकाे ट्रकले उनी लडेपछि पुनः ब्याक गरी किचेको पीडित परिवारले बताएका छन्।