काठमाडौं- अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३२ रुपैयाँ ६० पैसा तोकिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ २९ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६६ रुपैयाँ ८७ पैसा र बिक्रीमा १६७ रुपैयाँ ६३ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८४ रुपैयाँ ७० पैसा र बिक्रीमा ८५ रुपैयाँ ९ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६८ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ १७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६१ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ८ पैसा र बिक्रीमा ९ रुपैयाँ १२ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १० पैसा र बिक्रीमा १८ रुपैयाँ १८ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३५ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ २१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ९४ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ३५ पैसा र बिक्रीमा २८ रुपैयाँ ४८ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८४ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८९ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा तथा बहराइनको दिनार खरिदमा ३५० रुपैयाँ १२ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ७१ पैसा तय गरिएको छ।