काठमाडाैं– निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीपत्नीले अदालतले न्याय नगरे अदालतमै पेट्रोल छर्केर आत्मदाह गर्ने बताएकी छन्।
न्यायाधीश पत्नि आरती गिरी रावलको भोली ७ भदौमा उच्च अदालत पाटनमा पेशी ताेकिएकाे छ। उनी न्यायाधीश भुवन गिरीकाे सेवा सुविधा खारेज गर्नुपर्ने र आफूलाई न्याय दिनुपर्ने भन्दै १० असारदेखि माइतीघर मण्डलामा आमरण असनमा बसेकी छन्।
आरतीले भोली पनि अदालतले न्याय नगरे अदालतमै पेट्रोल छर्केर आत्महत्या गर्ने बताएकी छन्। उनले न्याय नदिए आफ्नो हत्याको जिम्मेवार न्यायाधीश गिरीलाई छोड्ने दुई न्यायाधीश हुने उनले बताएकी छन्।
‘यो देश मेराे रहेनछ, म यो देशको नागरिक रहेनछु, कानून किताब मै सीमित भएपछि मर्नु बाहेक अन्य विकल्प नै रहेन,’ उनले नेपाली हेडलाइनसँग भनिन्।
उनले न्यायाधीश भुवन गिरी विरुद्ध कपिलबस्तु जिल्ला अदालतमा बैवाहिक बलात्कार र जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्धा दर्ता गराएकी छन्। निलम्वित भइसक्दा पनि न्यायाधीसलाई सेवा सुविधाबाट बञ्चित नगरिएको भन्दै आरतीले आपत्ती जनाउँदै आएकी छन्।