चितवन– पहिरोका कारण अवरुद्ध नरायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।
Advertisement
केहीबेर अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले बताए।
चितवनको ईच्छाकामना-६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो।
पहिरो हटाएसँगैँ सवारी साधन आ-आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नरायणगढ-मुग्लिन सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ।