काठमाडौं- आज मधेशबाहेकका अन्य ६ प्रदेशमा भारी वर्षा हुने आकलन जल तथा मौसम विज्ञान विभागको छ।
Advertisement
सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ।