नुवाकोट– नुवाकाेटकाे मेघाङ गाउँपालिका-२ बुङताङस्थित वडा कार्यालयमा आगलागी हुँदा लाखाैंकाे क्षति भएकाे छ।
Advertisement
गएराति वडाकाे अफिसमा विद्युत सर्ट भई आगलागी हुँदा कम्प्युटर २ थान, प्रिन्टर, विभिन्न कागजपत्र, दराज, कुर्सी र सोफा सेट गरी करिब ४ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएकाे छ।
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिए यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएकाे छ।