• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

४ दशकमा दोब्बर भयाे महोत्तरीकाे जनसङ्ख्या


आइतबार, भदौ ०३, २०८० मा प्रकाशित

महोत्तरी– महोत्तरीमा चार दशकको अवधिमा जनसङ्ख्या करिब दोब्बर भएको छ। विसं २०३८ र पछिल्लो २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कले सो अवधिमा जनसङ्ख्या झन्डै दोब्बर देखाएको हो।

Advertisement

विसं २०३८ मा जिल्लाको जनसङ्ख्या तीन लाख ६१ हजार ५४ रहेकामा २०७८ सालको जनगणनामा जिल्लाको जनसङ्ख्या सात लाख छ हजार नौ सय ९४ पुगेको तथ्याङ्क कार्यालयले जनाएको हो।

उक्त जनसङ्ख्या २०३८ सालकोेभन्दा दोब्बर हुन मात्र १५ हजार १४ ले कम छ। पछिल्लो जनसङ्ख्यामा महिला तीन लाख ५७ हजार आठ सय ३५ (५० दशमलव ६७ प्रतिशत) र पुरुष तीन लाख ४९ हजार एक सय ५९ (४९ दशमलव ४० प्रतिशत) रहेको कार्यालय प्रमुख श्याम साहले बताए।

जिल्लामा सबैभन्दा बढी जनसङ्ख्या भएका जातिगत समुदायमा क्रमशः यादव, मुस्लिम, धानुक, कोइरी, तेली, मुसहर, चमार, खत्वे र पासवान रहेका छन्। तथ्याङ्कअनुसार यादव एक लाख १० हजार सात सय २९ (१५ दशमलव ६६ प्रतिशत), मुस्लिम एक लाख सात हजार तीन सय ७३ (१४ दशमलव ६९ प्रतिशत), धानुक ४५ हजार दुई सय ५१ (छ दशमलव चार प्रतिशत), कोइरी ४० हजार तीन सय ८१ (पाँच दशमलव ७१ प्रतिशत), तेली २९ हजार नौ सय ५३ (पाँच दशमलव ७१ प्रतिशत) र मुसहर २७ हजार तीन सय ५२ (तीन दशमलव ८७ प्रतिशत) छन्। यसैगरी कम जनसङ्ख्या रहेका जातिगत समुदायमा सबैभन्दा कम सिख दुई जनामात्र छन्।

यसैगरी बेलदार ११, कुशबरिया १४, राना थारु १६, कमर र आठपहरिया १८/१८, लिम्बू २०, जैन २६, राजवंशी २८, हायु ४१ र शेर्पा ५१ जनामात्र छन्। यिनमा हिन्दू धर्म मान्ने सबैभन्दा बढी पाँच लाख ८४ हजार पाँच सय १३ (८२ दशमलव ६७ प्रतिशत) छन्।

यसैगरी इस्लाम धर्म मान्ने एक लाख नौ हजार नौ सय १४ (१५ दशमलव ५४ प्रतिशत), बौद्ध परम्परामा १० हजार नौ सय ५३ (एक दशमलव ५५ प्रतिशत), इसाइ एक हजार एक सय ३७ (० दशमलव १६ प्रतिशत), प्रकृति दुई सय ३० (० दशमलव ०३ प्रतिशत), किरात दुई सय १९ (० दशमलव ०३ प्रतिशत), जैन २६ (० दशमलव ००३ प्रतिशत) र सिख दुई जनामात्र अर्थात् (० दशमलव ०००३ प्रतिशत) राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ।

जिल्लामा जम्मा एक लाख ४० हजार सात सय ३० घर छन्। जसमा ७९ प्रतिशत आवास, सात दशमलव ०७ प्रतिशत गोठ, धन्सर, मतान, व्यापार प्रयोजनका तीन दशमलव ०१ प्रतिशत छन्।

जिल्लाको कूल साक्षरता प्रतिशत ५९ दशमलव आठ रहेकामा पुरुष साक्षरता ६८ दशमलव चार र महिला ५१ दशमलव प्रतिशत छ। जिल्लाको पछिल्लो दशकको जनसङ्ख्या वृद्धिदर एक दशमलव १४ प्रतिशत र लैङ्गिक अनुपात ९७ दशमलव ५८ प्रतिशत रहेको प्रकाशित तथ्याङ्कमा उल्लेख छ।

आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.