काठमाडौं– चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने भएको छ। साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
Advertisement
आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ। बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो। मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो। मोर्चामा नेकपा माओवादी (केन्द्र), जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन्।