काठमाडौं– नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहको सरुवा गरेको गृहमन्त्रालय स्राेतले बताएकाे हाे।
Advertisement
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार यसअघि प्रशासन विभाग प्रमुख रहेका एआईजी दीपक थापालाई उपत्यका प्रहरी प्रमुखमा पठाइएको छ। भने यसअघि त्यहाँ रहेका श्याम ज्ञवालीलाई कार्य विभागमा सरुवा गरिएकाे छ।
त्यस्तै कार्य विभागमा रहेकी एआईजी मिरा चौधरीलाई प्रशासन विभाग सरुवा गरिएकाे छ।
यस्तै यसअघि एकेडेमी प्रमुख रहेका टेक प्रसाद राईलाई मानवस्रोत विभागमा सरुवा गरेर मानवस्रोत विभागका प्रमुख सन्दिप भण्डारीलाई एकेडेमीमा सरुवा गरिएकाे छ।