• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

आराम छोडेर आरनमा रमाउँदै सुशील


    Avatar photo
शनिबार, भदौ ०२, २०८० मा प्रकाशित

बलेवा (बाग्लुङ)- जवानी पल्टनमा बित्यो । उमेरले डाँडा काट्नै थाल्यो तर केही गर्छु भन्ने हुटहुटीले छोडेको छैन । निधारमा पसिना बगेकै छ । शरीरका कपडा धुलै-मैलै छन् । हातमा हथौंडा र फलाम तथा तामाका भाँडा चलेकै छन् ।

Advertisement

काठेखोला गाउँपालिका वडा नं ५, बिहुँको राहले गाउँको सानो झुपडीमा तामाका भाँडा बनाउँदै गर्दा भेटिनुभयो सुशील सुनार । पङ्क्तिकारसँग केहीबेर गफिनुभएका उहाँ उमेरले छ दशक नजिक हुनुहुन्छ । केही बेरको संवादमा सुशील पटक–पटक फ्ल्यासब्याकमा पुग्नुभयो र खोतल्नुभयो केही किस्साहरु । अभावले झेलिएको बालापन । अवसरले घेरिएको यौवनसँगै चुनौतीको सामना गर्न तयार बुढ्यौलीको अनुभव उहाँसँग छ ।

गाउँमा उहाँ एक्ला मेहनती भने हुनुहुन्न । गाउँभरि कालीगढ छन् । धेरैले तामा र फलामका भाँडा बनाउँछन् तर, गाउँकै अरु मेहनती कालीगढभन्दा उहाँ केही विषयले फरक हुनुहुन्छ । सुशील सानै छँदा उहाँका पिता पुर्खाले तामा र फलामका भाँडा बनाउँथे । बालिघरे प्रचलन रहेकै बेला विष्टका घरका भाँडा बनाउने बेला हजुरबुबा र बुबाहरुबाट सुशीलले सीप सिक्नुभयो । पन्ध्र वर्षको उमेरमा सिकेको सीपले जीवन चलाउन त्यो बेला कठिन थियो । साथीसङ्गी र परिस्थितिले उहाँलाई भारतीय सेनामा पुर्‍यायो ।

सुशील सानै उमेरमा भारतीय सेनामा भर्ती हुनुभयो । २१ वर्ष भारतीय सेनाको जागिरबाट अवकाश हुँदा उहाँ युवा उमेरकै हुनुहुन्थ्यो । सन् २००० मा आरमोर पल्टनमा हवल्दार रहनुभएको सुशील अवकाश भएर घर फर्किनुभयो । एक्काइस वर्ष दुःख गर्दा आर्जेको धन सुशीलले बालबच्चाकै हेरचाह र घर खर्चमा सकियो ।

“मलाई गर्मी मन पर्दैन, बरु गाउँमै जग्गा जोडेँ बाहिर गइन्”, उहाँले भन्नुभयो, “बरु हथौडाकै साहरा लिउँ भन्ने लागेको थियो, तै पनि एक पटक विदेश जाउँ भनेर घर छोडियो ।” बीचको छ वर्ष बाउबाजेका पाला सिकेको सीप उहाँले काममा लगाउनुभयो । गाउँमै बसेर तामा र फलामका भाँडा बनाउनुभयो । सन् २००६ मा उहाँ मलेसिया लाग्नुभयो । मलेसियाको क्वालालम्पुर सहरमा आठ वर्ष बिताउनुभयो । “मासिक रु ८० हजार कमाउँथे, आठ वर्ष बसेपछि पुग्योजस्तो लागेर घर फर्कें,” सुनारले सुनाउनुभयो, “सेक्युरेटी गार्डको जागिर सजिलै थियो ।” १५ वर्षको उमेरबाट सुरु भएको उहाँको मेहनतको यात्रा देश विदेश घुम्यो ।

मलेसियाबाट सन् २०१३ मा नफर्किने गरी घर फर्कनुभएका सुनार त्यसयता निरन्तर हथौडाको साथ लिइरहनुभएको छ । बिहानबेलुका घरको काम गर्नुहुन्छ । गोठभरि भैँसी छन् । दिउँसोे गाउँकै सामुदायिक भवन नजिकै रहेको झुपडीमा तामा र फलामसँग कुस्ती खेल्नुहुन्छ ।

अक्सर मानिस पेन्सन पाएपछि सुखको जीवन खोजी गर्छन् । बसेर आराम गर्छन् तर, सुनारलाई सुविधा, आरामको पटक्कै चाहना छैन । “आफूले दुःख पाइयो, छोराहरुले भोग्न नपरोस् भनेर म मेहनत गर्छु”, उहाँले भन्नुभयो, “आरनमा बसेर मेहनत गर्दा मलाई आनन्द लाग्छ ।”

तामाका गाग्री, ताउलालगायतका भाँडा बनाउने सीप उहाँसँँग छ । बञ्चरो, कोदाली, हँसियामा धार लगाउन उहाँ सीपालु हुनुहुन्छ । “यहाँ अरुले रु तीन हजार पाँच सय किलोदेखि पाँच हजारसम्म प्रतिकिलो तामा बिक्री गर्छन्, मेरो एउटै रेट छ, तामाका भाँडाको मूल्य प्रतिकिलो रु तीन हजार”, सुशील भन्नुहुन्छ, “भाँडा बनाई नसक्दै घरबाटै बिक्री हुन्छन् ।”

उहाँले आफूले काम गर्दा गाउँलेले सुविधा पाएको र आफूलाई पनि आर्थिक आम्दानीसहित व्यस्त हुने बहाना मिलेको सुनाउनुभयो । काम निरन्तर गर्न पाउँदाको महिनामा उहाँले रु ७० देखि ८० हजार कमाउनुहुन्छ । “रु ४०÷५० हजार त नचलेको महिना पनि कमाइ हुन्छ”, सुनारले सुनाउनुभयो ।

बागलुङ बजारमा रु एक हजार चार सय किलोमा पाइने तामालाई भाँडाको आकारमा ढालेपछि रु तीन हजार प्रतिकिलो लिन र दिन कोही पनि नहिच्किचाउने उहाँले बताउनुभयो । सुनारका जेठा छोरा विदेशमा हुनुहुन्छ । माइला छोराको काठमाडौँमा व्यवसाय छ । साइँला छोरा इञ्जिनियरिङ पढ्दैछन् भने कान्छा छोरा डाक्टरी पढ्दै छन् । “छोराहरुको पढाइ खर्च भाँडा बनाएरै पु¥याइरहेको छु, घर खर्च, आफ्नो खर्च पनि गज्जब चल्छ”, सुनार भन्नुहुन्छ, “मेहनत गरेपछि गाउँमै कमाउन सकिन्छ ।”

गाउँघरमा सामाजिक काम, मेला पर्व उहाँले छुटाउँदैनन् । गोठमा रहेका तीन भैँसी र दुई पाडापाडीको स्याहारसुसारमा पनि उहाँले जीवनसाथीलाई सघाउनुहुन्छ । सुशील बिहुँका एक कालीगढ मात्रै हुनुहुन्न, परिश्रमिकका उदाहरण हुनुहुन्छ ।

शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.