काठमाडौं- राप्ती गाउँपालिका–३ मौरिघाटस्थित आर्थिक मामिला मन्त्रालयको आईटी रुममा ब्याट्रीको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा १२ भोल्टको ४ थान ब्याट्री, यूपियस २ थान, सरवर, सिसिटिभी रेकर्डर १ थान, नेटको राउटर २ थान, एमसिबि तार पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
Advertisement
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यससम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।