काठमाडाैं– सशस्त्र प्रहरी बल नेपालका १२ जना प्रहरी उपरीक्षक (एसपी) रिक्त रहेकाे सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवामा लागि सिफारिस भएका छन्।
Advertisement
सशस्त्रमा इन्स्पेक्टरबाट भर्ना भएका दोस्रो ब्याची उनीहरू २०७५ सालमा एसपीमा बढुवा भएका थिए। अहिले उनीहरू एसएसपीमा बढुवाका लागि सिफारिस भएका हुन्।
सशस्त्रले साउन महिनामा मात्रै सहायक हवल्दारदेखि एसएसपीसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा गरेकाे छ।
कार्यसम्पादन मूल्यांकन, जेष्ठता, व्यावसायिक क्षमतालगायत नियमावलीमा उल्लेख गरिएको बढुवासम्बन्धी आधारलाई लिएर बढुवा गरिएको सशस्त्र प्रहरी प्रहरी बलले बताएकाे छ।
