धनुषा– धनुषामा ट्याक्टरमा च्यापिएर एकजनाकाे मृत्यु भएकाे छ।
Advertisement
हंशपुर नगरपालिका-९ बालगंगा चोकमा प्र.२-००२ त ८२९ नम्बरको ट्याक्टरले च्यापेर उक्त ट्याक्टरका चालक सोही ठाउँ बस्ने ४५ वर्षीय मुकेश पंजियारको मंगलबार राति मृत्यु भएको हाे।
खेतकाे हिलोमा फसेकाे ट्याक्टर निकाल्ने क्रममा ट्याक्टरमा जोडिएको रोटाभेटर र इन्जिनको बीचमा च्यापिएर उनी गम्भीर घाइते भएकाे र उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा उनकाे बाटोमै मृत्यु भएको प्रहरीले बताएकाे छ।