काठमाडौं- उच्च विन्दुमा निरन्तर टिक्दै अमेरिकी डलरको खरिद दर आज १३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३ पैसा तोकिएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४४ रुपैयाँ ८० पैसा र बिक्रीमा १४५ रुपैयाँ ४५ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६८ रुपैयाँ २३ पैसा र बिक्रीमा १६८ रुपैयाँ ९९ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ १५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६० पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ५८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ १० पैसा र बिक्रीमा ९ रुपैयाँ १४ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १८ पैसा र बिक्रीमा १८ रुपैयाँ २६ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४७ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५१ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ ६ पैसा र बिक्रीमा ३६ रुपैयाँ २२ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ५७ पैसा र बिक्रीमा २८ रुपैयाँ ७० पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९० पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९५ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ ४१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३६ पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ९४ पैसा तय गरिएको छ।