काठमाडाैं– गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरूवा गरेको छ।
Advertisement
गृह मन्त्रालयकाे मंगलबारकाे निर्णयअनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका हुन्।
चितवनका सीडीओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सीडीओमा सरुवा गरिँदा सप्तरीका सीडीओ भुपेन्द्र थापालाई चितवनको सिडिओमा पठाइकाे छ। त्यस्तै नुवाकोटका सीडीओ किरण थापालाई सप्तरीमा पठाएको छ।
यता धनुषाका सीडीओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा गरेर कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सीडीओमा पठाइएकाे छ।