काठमाडाैं– राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेकाे नतिजाअनुसार कक्षा १२ काे परिक्षामा ५१ प्रतिशत विद्यार्थी पास भएका छन्।
Advertisement
याे नतिजा गत वर्षकाे भन्दा ३ प्रतिशतले सुधार हाे। बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार ९२६ परीक्षार्थी ‘ननग्रेडेड’ भएका छन्। गत वर्ष ४९ प्रतिशत विद्यार्थी पास भएका थिए।
आज सार्वजनिक नतिजाअनुसार ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन्। त्यस्तै ३८ हजार ९९९ ले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन्।
सबैभन्दा बढी अंग्रेजी विषयमा १ लाख ९ हजार ५२७ जनाकाे ‘नन ग्रेडिङ’ आएकाे छ।
२०७९ र ८० काे नतिजा तुलना
