• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

रंगकर्मीको सिने यात्रा


बिहिबार, असार १४, २०८० मा प्रकाशित

काठमाडौं- रंगमञ्‍चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्‍मी बर्देवा, विजय बराल, रवीन्द्र सिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत पर्छन्। उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्रतिनिधि मात्र हुन्। लेखिएको भूमिकालाई न्याय गर्ने कलाकारको खोजी हुँदा प्रायः लेखक र निर्देशक पनि रंगमञ्‍चसम्म धाउने गर्छन्।

Advertisement

अहिले सानोदेखि शीर्ष भूमिकासम्म पनि उनीहरूको उपस्थिति छ। यद्यपि, चलचित्रमा स्थापित भएका रंगकर्मी रंगमञ्‍चमा भने कमै फर्किने गरेका छन्। चलचित्रको व्यस्तताले उनीहरूलाई रंगमञ्‍चमा फर्किन सहज भएको छैन। कतिपय अवस्थामा कलामाथि व्यापार पनि हाबी भएको छ।

‘नाटकलाई समय दिनुपर्छ। अभ्यास र मञ्‍चन गर्न झन्डै दुईदेखि तीन महिनासम्म लाग्‍ने भएकाले पनि धेरैलाई समय मिलाउन सहज नभएको हुनसक्छ,’ अभिनेता महेश त्रिपाठीले भने, ‘म भने समय मिलाएर नाटकमा अभिनय गरिरहेको हुन्छु। किनकि, त्यहाँ आफूलाई महशुस गर्न पाउँछु।’

व्यावसायिक पाटोभन्दा कला महत्त्वपूर्ण हुने भएकाले स्थापित र विस्थापितको लहर चलिरहेको रंगकर्मीहरूको भनाइ छ। रंगकर्मी भोलाराज सापकोटाले नाटकलाई कलाले मात्र जीवित राखेको बताए। ‘रंगकर्मीलाई यसैबाट जीविकोपार्जन गर्न सहज छैन। अहिले चलचित्रमा महँगो अभिनेतामा पर्ने केहीले यहींबाट शुरुआत नगरेका भने होइनन्। तर, यो अभिनय बुझ्‍ने र सिक्ने मञ्‍च मात्र बनिरहेको छ,’ उनले भने।

आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ। रंगकर्मी प्रकाश घिमिरेले समय अभावकै कारण नाटकघरसम्म आउन विलम्ब भएको बताए। ‘चलचित्रमा व्यस्त कलाकारले समय मिलाउन सकेका छैनन्। उनीहरूले वर्षमा एकैपटक नाटक घरलाई दिए राम्रो हुन्थ्यो,’ उनले भने, ‘नाटक गर्ने तयारी र सोच भने छ। यस वर्ष केही परिचित अनुहार नाटकमा पाइनेछ।’ उनले पनि हालै सम्पन्न एक नाटकमा चलचित्रकै कारण अभिनय गर्न पाएनन्।

आर्थिक रूपले समृद्ध भए वर्षमा १-२ पटक नाटकमा प्रस्तुत हुनसके टेवा पुग्‍ने विश्‍वास उनको छ। नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रंगकर्मीलाई रंगमञ्‍चमै भने अहिले विरलै देख्‍न पाइन्छ।

बिहिबार, असार १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.