मेष- अध्ययन, अध्यापन खासै राम्रो नरहला। व्यापार, व्यवसाय फलदायी रहलान्। आर्थिक लाभ होला। परिवार सुख प्राप्त होला।
वृष- अनावश्यक खर्चको योग छ। अधुरा कामहरू फटाफट सम्पादन होलान्। आकस्मिक सफलताको योग छ। भौतिक साधन जुट्ने समय छ।
मिथुन- मनमा डरै डर उत्पन्न होला। झैझगडा र वादविवाद हुनेछ। तपाईंकै बोलीले दुःख पाउने योग छ। कामहरू अधुरै रहलान्, स्वास्थ्यले साथ दिने छैन।
कर्कट-आज प्रशस्त आर्थिक कारोबार होला। कतैबाट सम्मान पाइएला, कतैबाट भने विरोध आउला। परिवारको साथ खासै पाइने छैन। कामहरू अधुरा रहलान्।
सिंह- धर्मकर्म र परोपकारमा मन जानेछ। नयाँ काम शुरु गर्ने योग छ। सबै प्रकारका समस्या समाधान होलान्। दिन रमाइलोसँग व्यतित हुनेछ।
कन्या- साथीभाइको सहयोगमा आर्थिक लाभका मार्ग पत्ता लाग्ने छन्। आकस्मिक धनलाभको योग पनि छ। आजको दिन सामाजिक गतिविधिमा व्यस्त भइने छ।
तुला- आज सुख शान्ति पाइने योग छ। तथापि, शरीरमा रोग लाग्नाले उपचारमा खर्च बढ्ने सम्भावना छ। स्वास्थ्य कमजोर रहन सक्छ।
वृश्चिक- आज साथीभाइसँग समय व्यतित होला। आर्थिक पक्ष सबल रहने छ। सानै प्रयासबाट ठूला काम सम्पादन होलान्। जोश जाँगर बढ्ने छ।
धनु- आर्थिक पक्ष सबल रहने छ। व्यापार, व्यवसाय उत्तम फलदायी रहलान्। कुनै यात्रामा निस्किनुपर्ने हुन सक्छ। परिश्रमको फल पाइने छ।
मकर- परिवारमा झमेला आइलाग्न सक्छ। अत्यावश्यक सामान बिग्रिएर तनाव उत्पन्न होला। यात्रामा निस्किेन उचित समय छ। व्यापार, व्यवसाय भने खासै फलदायी नरहलान्।
कुम्भ- अनावश्यक खर्च बढ्नाले मन बेचैन रहने छ। शरीरमा रोगले सताउला। अपेक्षाअनुसार परिवारको साथ नपाइएला। साँझपख भने कुनै कुराले मनमा शान्ति छाउने छ।
मीन- अपेक्षा गरिएको काम पूरा हुनेछ। परिवार सुख मिल्ने योग छ। आँटेका कामहरू पूर्ण हुने छन्। सबै प्रकारका समस्या हल भएर जालान्। काममा भने आलश्यले सताउला।