काठमाडौं– ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले ४ सय ६ जना विरुद्ध पक्राउ अनुमति लिएको छ।
Advertisement
प्रहरीले पक्राउ अनुमति मागेका ४ सय ६ जनालाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडाैंले अनुमति दिएकाे हाे।
ललिता निवास जग्गा प्रकरणमा प्रहरीले मंगलबार मात्रै सात जनालाई पक्राउ गरेको थियो।
उनीहरूमध्ये पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घन्टामै कागज गरेर छाडिएको थियाे। उनीहरू गत साउन १९ गते सर्वोच्च अदालतले पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएकाे कागजात पेस गरेर छुटेका थिए।
बाँकी चारजना हिसासतमै छन्। हिरासतमा हुनेमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र गोपाल कार्की छन्।