काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।
Advertisement
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार र तेजाबी प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाल प्रतितोला एक लाख १० हजार ६०० र तेजाबी प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएका थियो। हिजोको तुलनामा आज प्रतितोला ६०० रुपैयाँ घटेको हो।
आज चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो।