• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

यी हुन् भोकमरीका ‘हटस्पट’ १९ मुलुक


    Avatar photo
बुधबार, असार १३, २०८० मा प्रकाशित

न्युयोर्क- संयुक्त राष्ट्रसंघले भोकमरीको ‘हटस्पट’ बनेका १९ वटा मुलुकको सूची सार्वजनिक गरेको छ।

Advertisement

भोकमरीको ‘हटस्पट’ मानिएका मुलुकमध्ये अधिकांश अफ्रिका महादेशका छन्। राष्ट्रसंघको नयाँ रिपोर्टअनुसार जनसंख्याको ठूलो हिस्सा भोकमरीको चपेटा सामना गरिरहेको देखिएको छ। ती मुलुकको स्थिति दिनप्रतिदिन बिग्रँदो छ।

ती मुलुकमा विकास अवरुद्ध बन्दा खाद्य असुरक्षा अर्थात भोकमरीको जोखिमबाट आफ्ना नागरिकलाई बाहिर निकाल्ने सबै प्रकारका रणनीतिहरू समाप्त हुँदै गएको देखिएको छ। त्यसले ‘भोजनको समाप्ति’को चरण उत्पन्न गराएको छ।

अफ्रिकाको ‘साहेल जोन’ भनिने बुर्किना फासो र माली सबैभन्दा ठूलो भोकमरीमा छन्। यस्तै, नाइजेरिया, सुडान, दक्षिण सुडान, सोमालिया, यमन हैटी भोकमरीको जोखिम सूचीमा अग्रपंक्तिमा छन्। एसियाली मुलुक अफगानिस्तान पनि भोकमरीको त्यही सूचीमा छ।

यी मुलुकमा भोकमरी देखिनुमा एउटा मात्र कारण छैनन्। चर्को आर्थिक मन्दीमा फसेका छन्, यी सबै मुलुक। त्यसमाथि गृहयुद्धको चपेटामा पिल्सिएका छन्। नागरिकले सुरक्षाको अनुभूतिसम्म गर्न सकेका छैनन्। सोही कारण आफ्नो थातथलोबाट धमाधम विस्थापित हुँदै छन्। त्यसमाथि थपिएको छ प्राकृतिक विपत्ति। यिनै मुलुकका नागरिकले निरन्तर प्राकृतिक प्रकोप सामना गर्नु परिरहेको छ।

खाद्य संकट यस्तै जोखिम अफ्रिकाका अन्य हिस्सामा पनि देखिएको छ। अफ्रिकी मुलुकहरू इथियोपिया, केन्या, मध्य अफ्रिकी गणतन्त्र, कंगोमा पनि चर्को भोकमरी देखिन थालेको छ। यही सूचीमा एसियाली मुलुकहरू सिरिया, पाकिस्तान र म्यानमार पनि छन्। यी मुलुकले पनि गृहयुद्ध र प्राकृतिक प्रकोपको सामना गर्नु परिरहेको छ।

यी मुलुकका नागरिकले भोकमरीबाट बच्न अर्थात खाद्यान्न जुटाउन घरायसी सामानहरू पनि बिक्री गर्नु परिरहेको छ, जुन जीवन बचाउने अन्तिम अस्त्र मानिन्छ।

तीबाहेक मध्य अमेरिकाका कतिपय मुलुकमा पनि खाद्य सुरक्षाको अवस्था बिग्रँदो अवस्थामा रहेको राष्ट्रसंघले जनाएको छ। भेनेजुएला, कोलम्बियाजस्ता मुलुकलाई राष्ट्रसंघले निगरानीको सूचीमा राखेको छ। ती मुलुकको तथ्यांक पर्याप्त उपलब्ध नभएकाले निगरानीको सूचीमा राखिएको हो। उत्तर कोरिया पनि निगरानी सूचीमै छ।

कोभिड-१९ महामारीको दौरान र त्यसपछि पनि कतिपय मुलुकले मानिस र सामानको आउजाउ त खुला गरेका छन् तर आफ्नो आवादीको स्थितिबारे जानकारी प्रवाहलाई प्रतिबन्धित गरेका छन्। उत्तर कोरियाजस्तो दुनियाँबाटै अलगथलग रहेको मुलुकले भोजनको उच्च कमी र भोकमरीको अवस्थाबारे कुनै कुरा सार्वजनिक हुन दिएको छैन। बीबीसीले उत्तर कोरियाको स्थितिबारे सूचनाहरू गोप्य रूपमा प्राप्त गर्ने प्रयास जारी राखेको छ।

विश्व अहिले सन् १९९० को दशकपछि पहिलोपटक यति चर्को भोकमरीको सामना गर्दैछ। सन् १९९० को दशकमा खानै नपाएर करिब ३० लाख मानिसले मृत्युवरण गरेको अनुमान छ। कतिसम्म भने उक्त दशकमा आफ्नो पेट भर्न मानिसले तस्करीमार्फत खाद्यान्न ओसारपसार गर्नुपर्ने स्थिति थियो। खासगरी, तानाशाही शासन व्यवस्था मुलुकका नागरिकले त्यतिबेला बढी संकट बेहोर्नुपरेको थियो।

अहिले पनि तानाशाही व्यवस्था रहेको उत्तर कोरियाका नागरिकको भोजन खरिद गर्ने आयमै अत्यधिक कमी देखिएको छ। किनकि, आधिकारिक रूपमा बाह्य धन जुटाउन उत्तर कोरियाका नागरिकका लागि असम्भव छ। रेडियो फ्री एसियाको एक रिपोर्टलाई आधार मान्ने हो भने उत्तर कोरियामा घुस लिने प्रयास गर्ने प्रहरीविरुद्ध नागरिक हिंस्रक भएका छन्। यस्तो अवस्थामा उत्तर कोरियाको सरकार भने नागरिकलाई भोकमरीबाट बचाउने रणनीतिको साटो नयाँ-नयाँ क्षेप्यास्त्र निर्माण र प्रक्षेपणमा व्यस्त छ।

बुधबार, असार १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.