काठमाडौं- आज ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएको छ। यस्तै, मधेश प्रदेशसहित तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना देखिएको छ।
भारी वर्षा र हावाहुरीका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रहरू प्रभावित हुन सक्ने विभागको प्रक्षेपण छ। तसर्थ, भारी वर्षा, मेघ गर्जन, चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षतिबाट बच्न उच्च सावधानी आवश्यक देखिएको विभागले जनाएको छ।
नेपालभर फैलिएको मनसुनी वायुको प्रभावका कारण आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै, गण्डकी र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, मधेश, वागमती, गण्डकी र लुम्बिनीका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका १-२ स्थानमा हावाहुरीको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीा तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ।