मेष- व्यापार, व्यवसाय फलदायी रहलान्। नयाँ काममा हात हाल्ने समय आएको छ। सन्तान सुख प्राप्त हुनेछ। आर्थिक संकट भने गहिरिने छ।
वृष- स्वास्थ्य कमजोर रहने हुनाले खानपानमा परहेज आवश्यक देखिन्छ। अनावश्यक डरले सताउला। सकारात्मक विचार बढ्ने दिन छ। काममा भने अवरोध आउला।
मिथुन- रोजगारीको क्षेत्रमा राम्रो देखिँदैन। अरूलाई प्रभावित पारेर काम लिन सकिएला। सामाजिक गतिविधिमा प्रभाव बढाउन सकिने छ।
कर्कट- कृषि कर्म फलदायी रहलान्। परोपकारमा मन जाला। दाम्पत्य जीवन सुखद रहने छ। आर्थिक कारोबार फस्टाउला। अपेक्षा गरिएका कामहरू सम्पादन होलान्।
सिंह- आतिथ्य सत्कार पाइने योग छ। मिष्ठान्न भोजन र उपहार प्राप्त होलान्। आकस्मिक धनलाभ हुन सक्छ। परिवारमा भने विवाद उत्पन्न हुन सक्छ।
कन्या- कुनै काममा बाध्यतापूर्वक सम्झौता गर्नु पर्ला। स्वास्थ्य कमजोर रहला। शरीरमा आलश्यले सताउला। धन हानी हुने योग रहेकाले सावधानी अपनाउनु होला।
तुला- अपेक्षा गरिएका कामहरू फटाफल सम्पादन होलान्। मनमा सुखको अनुभूति होला। अन्न र वस्त्र लाभ हुन सक्छ। परिवारका इच्छा परिपूर्ति होलान्।
वृश्चिक- परिवार सुख प्राप्त हुन सक्छ। आकस्मिक धनलाभको योग पनि छ। आम्दानी प्रशस्त मात्रामा गर्न सकिएला। साथीभाइसँग जमघटमा मन रमाउला।
धनु- रमणीय यात्रामा निस्किन पाइएला। दिन रमाइलोसँग बित्ने छ। शरीरमा रोगले सताउला। समाजमा भने मान प्रतिष्ठा प्राप्त हुनेछ।
मकर- आज भौतिक साधनमा क्षति हुन सक्ने भएकाले सतर्कता आवश्यक देखिन्छ। आर्थिक संकटले सताउन सक्छ। अनावश्यक खर्च हुने भएकाले मितव्ययिता आवश्यक छ।
कुम्भ- अपेक्षा गरेका काम बन्ने सम्भावना कमजोर छ। बिर्सिएका आफन्तसँग भेटघाट हुनेछ। ठूलो प्रयत्नबाट सानो मात्र सफलता पाइएला। बिहानीपख सुखानुभूति हुनेछ।
मीन- सकारात्मक र व्यवहारिक सोच विकास हुनेछ। आज राम्रो आम्दानी प्राप्त होला। व्यापार, व्यवसायले सोचेजस्तै लाभ दिलाउलान्। आम्दानीका मार्ग खुल्ने छन्।