काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४२ रुपैयाँ ८४ पैसा र बिक्रीतर्फ १४३ रुपैयाँ ४९ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६६ रुपैयाँ ५० पैसा र बिक्रीमा १६७ रुपैयाँ २६ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८७ रुपैयाँ ४२ पैसा र बिक्रीमा ८८ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर खरिदमा ९९ रुपैयाँ ४८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ९४ पैसा, सिंगापुर डलर खरिदमा ९६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९७ रुपैयाँ २५ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ १५ पैसा र बिक्रीमा ९ रुपैयाँ १९ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १० पैसा र बिक्रीमा १८ रुपैयाँ १९ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३४ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८२ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ २ पैसा र बिक्रीमा २८ रुपैयाँ १५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ २ पैसा र बिक्रीतर्फ १० रुपैयाँ ७ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ १४ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९ पैसा तथा बहराइनको दिनार खरिदमा ३४७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३४८ रुपैयाँ ९७ पैसा तय गरिएको छ।