• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बालेनविरुद्ध उत्रिँदै हजारौं फुटपाथ व्यवसायी, नगरप्रहरीसँग भिड्न २०३ युवाकाे टिम तयार


आइतबार, असार १०, २०८० मा प्रकाशित

काठमाडौं– उद्योग व्यापार सहकार्य महासंघमा आवद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरुले काठमाडौं महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन्। आईतबार पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरले हालसम्म पनि फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन नगरेको भन्दै आन्दोलनमा उत्रिन लागेका हुन्।

Advertisement

काठमाडौं महानगरकै इतिहासमा महानगर प्रमुख बालेन्द्र शाह सबैभन्दा सबैभन्दा झुटो मेयर भएको उनीहरुको आरोप छ। बालेन गरिबहरुको सहानुभूतिबाट चुनाव जितेर पुँजीपति वर्गको सेवा र सामान्तवादीहरुको पक्ष पोषणमा लागेको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको आरोप छ।

आफूहरुसँग महानगर र सरकारले पटक-पटक गरेको सम्झौता कार्यान्वयनमा ल्याएर गरिखाने वातावरण निर्माण गरिदिन उनीहरुले माग गरेका छन्। आफूहरुमा माग सम्बोधन नभएको खण्डमा कडा आन्दोलन छेड्ने उनीहरुको चेतावनी दिए। बालेनले पीडामा पिल्सिएकाहरुलाई मात्र पीडा दिएको र उनीमा सामन्ती शैली देखिएको राष्ट्रिय स्वरोजगार व्यवसायी संघको बतायाे।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघले आगामी असार ११ गतेदेखि १५ गतेसम्म सम्पूर्ण राजनीतिक दलको कार्यालयमा प्रेश विज्ञप्तिसहित छलफल गर्ने र असार २४ गतेदेखि व्यापारी श्रमिकहरुको सम्बन्धित संघ/संस्थाहरुमा अन्तरक्रिया कार्यक्रम गरी भावी आन्दोलनका लागि मोर्चा तयार गर्ने घोषणासमेत गरेको छ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका सहसचिव राजु गिरीले बालेन पर्दा पछाडिको हिराेमात्रै बनेको र फुटपाथ व्यवसायीलाई दुःख दिने र वर्षौंदेखि नागरिक बस्दै आएको घरहरु भत्काउने कामभन्दा अरु केही नगरको आरोप लगाए। बालेन आफू सर्वैसर्वा हुँ भनेर लागिरहेको उनले आरोप लगाए।

‘हामीले पटक-पटक आन्दोलन र वार्तामार्फत धेरै चोटी कार्यक्रम गर्यौं। महानगरपालिकाले हामीलाई झुटा आश्वासनमात्रै देखायो। बालेनजी मेयर जितेर आउनु भयो, म चाहिँ सर्वैसर्वा हो भनेर उहाँ पर्दा पछाडिको हिरो बन्दै हुनुहुन्छ,’ उनले भने।

महानगर प्रहरीले गेटभित्र रहेको ठेलासमेत उठाएर लगेकाे उनको आरोप छ। अब आफूहरु महानगरको दमनविरुद्ध प्रतिकारमा उत्रिनेसमेत उनले घोषणा गरे। महानगर प्रहरीले उठाएर लगेको सामान के गरिन्छ भन्ने वास्तविकता पनि बाहिर आउनुपर्ने उनले बताए।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लिला दाहालले आफूहरु पनि नेपाली नागरिक भएकाले यहाँ केही गरेर खाने र बाँच्ने अधिकार भएको बताए। आफूहरुको पेशा व्यवसायको संरक्षणका लागि राज्यले अहिलेसम्म कुनै नीति नै नबनाएको उनको गुनासो छ। फुटपाथ व्यवसायीहरुले विभिन्न चरणमा महानगरमा ज्ञापन पत्र बुझाउ र वार्ताका लागि जाँदा कुनै सुनुवाई नभएको उनले बताए। बालेनले फुटपाथका व्यापारीलाई व्यवस्थापन गर्ने विषयमा बेलैमा नसोचेमा आफूहरु कडा प्रतिकारमा उत्रिने उनले उद्घोष गरे।

‘तपाईँ अब यो समस्यालाई कसरी समाधान गर्नुहुन्छ? त्यतातिर जानुुस्। यदि जानुभएन भने तपाईँका पछाडि अब गम्भीर चुनौतिहरु आउने छन्। हामी चुपलागेर बस्ने छैनौं । हिजो जसरी सुकुम्बासी उठाउन जानुभयो नि त्योभन्दा पनि कडा प्रतिकारमा हामी उत्रिने छौं।’ उनले भने, ‘त्यो सुकुम्बासीले गरेको त एउटा कास्टिङमात्रै हो, यहाँ लाखौंलाख व्यवसायी हामी उत्रिनुपर्यो भने बालेनजी हिजो इन्डियाबाट आएका हौ कि कताबाट आएका हौ, उतै जानुपर्छ।’

बालेनले फुटपाथ व्यवसायीलाई विकल्प दिन्छु भनेर आफ्नो घोषणापत्रमै उल्लेख गरेको उनले बताए। उनले आज ती घोषणापत्र कहाँ पुग्यो? भन्दै प्रश्न गरेका छन्। मेयर शाहले हेमराज तामाङ, इन्द्रबहादुर राईजस्ता ठूला मान्छेहरुको महलमा चाहीँ डोजर चलाउन नसकेको उनको आरोप छ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका ईन्चार्ज केशव आछामीले सरकारले उचित व्यवस्थापन नगर्दा फुटपाथ व्यवसायीले २१ वर्षदेखि पीडा झेलिरहेको बताए। २१ वर्षदेखि राष्ट्रिय स्वरोजगार व्यवसायी संघको झण्ड मुनी राखेर आफूहरुले आन्दोलन गर्दै राज्यसँग माग राख्दा आफ्ना मागहरुको सम्बोधन नगरेको आरोप लगाए।

विहान बेलुका २ घण्टा फुटपाथमा बसेर साग बेचेर बालबच्चा पाल्छौं र शिक्षा दिन्छौं भन्दा पनि राज्यले विकल्प दिन नसकेको भन्दै उनले दुखेसो पोखे। आफूहरुले महानगरसँग पटक-पटक वार्ता र छलफल गरेर समस्याको समाधान चाहेपनि यस विषयमा मेयर बालेन गम्भीर नबनेको उनको आरोप छ।

‘हामीलाई सडक पेटीमा व्यवसाय गरेर विहान बेलुका गुजारा गर्ने व्यवसायीहरुलाई एउटा समय मिलाइदिनुस्। हाम्रो त्यत्ति अनुरोध हो तपाईँसँग, ठूलो अपेक्षा छैन। हामीलाई जागिर दिनुस् भनेको होइन, व्यवस्थापन गर्दिनुस्। हामीलाई सडकमै व्यवस्थापन गर्न दिनुस् भनेको पनि होइन, व्यवसाय गर्ने थलो देखाइदिनुस्,’ उनले मेयर बालेनसमक्ष आग्रह गरे।

एक हप्ताभित्र यस विषयमा सरकारले सरकार र काठमाडौं महानगर सकारात्मक भएर विकल्प नदिएको खण्डमा हजारौं व्यवसायीले काठमाडौं महानगरविरुद्ध संघर्ष गर्ने उनको चेतावनी छ। संघर्षको कार्यक्रममा उपस्थित् हुनका लागि उनले सबै व्यवसायीलाई आग्रहसमेत गरे। संघर्षमा बलिदान दिनका लागि पनि तयार हुनुपर्ने उनले बताए।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका उपाध्यक्ष सुजन गिरीले व्यवसायीहरुको समूहबाट महानगरसँग प्रतिकारका लागि २ सय तीन सदस्यीय युवा टिम तयार भइसकेको बताए।

‘हामी व्यवसायीको तर्फबाट युवा फोर्स तयार भइसकेको छ। संयोजक म आफैं छु। २०३ जनाको टिम हामीले गठन गरेका छौं। स्वयंसेवकहरुले अब व्यवसायीहरुका बीचबाट महानगरले लगेको सामान निगरानी गर्ने र महानगरले धरपकड गरेकै ठाउँमा खोसिनेछ,’ उनले भने।

उद्योग व्यापार सहकार्य महासंघका केन्द्रीय संयोजक कृष्णबल्लभ नेपालले नागरिकले काम गर्ने र गरिखाने वातावरण सिर्जना गर्नपर्ने बताए। गरिखान देउ भनेर पनि लड्न पर्ने दिन आएको भन्दै उनले दुखेसो पोखे।

आफूहरुले लुकेर, छिपेर, चोर जसरी व्यापार गर्नुपरेको उनले बताए। आफूहरुको पेशा व्यवसायलाई व्यवस्थित गरेर कर उठाउने वातावरण निर्माण गर्नपनि उनले महानगरलाई आग्रह गरे। गरिब वर्गलाई पिल्साएर राज्य समृद्ध बन्न नसक्ने उनको भनाई छ। विदेशका ठूला-ठूला सहरहरुमा पनि फुटपाथ व्यवसाय रहेको उल्लेख गर्दै उनले आफैं स्वरोजगार बनेको साना व्यवसायीलाई गरिखाने वातावरण दिन आग्रह गरे।

उपत्यका विशेष प्रदेशअन्तर्गत उद्यमी व्यवसायी महाशाखाका अध्यक्ष अमीर गुरुङले फुटपाथ व्यसायी आगोको झिल्को भएको बताए। उनले मेयर बालेनलाई आगोको झिल्कोसँग नखेल्नसमेत आग्रह गरे।

आइतबार, असार १०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.