काठमाडाैं– आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग सात विकेटले पराजित भएकाे छ। याेसँगै नेपाल समूह चरणबाटै बाहिरिएकाे छ।
१ सय ६७ रनकाे लक्ष्य पाएकाे नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्याे।
नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ‘ डोवाडले सर्वाधिक ९० रन बनाए। त्यस्तै बास डी लिडले ४१ र विक्रमजित सिंहले ३० रन बनाए।
नेदरल्याण्ड्सविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने गुल्सन झाले एक विकेट लिए।
टस हारेर पहिला ब्याटिङ् गरेकाे नेपालले नेदरल्याण्ड्स विरुद्ध ४४.३ ओभरमा अल आउट हुँदै १ सय ६७ रन बनाएकाे थियाे।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन जोडे। त्यस्तै कुशल भुर्तेल र सन्दीप लामिछानेले समान २७, भिम सार्की २२ रन, गुलशन झा १५ रन, दीपेन्द्रसिंह ऐरी १४ रन र कुशल मल्लले १२ रन बताए। त्यस्तै आरिफ शेखले ६ बनाउँदा करण केसीले १ रन बनाए।
बलिङतर्फ नेदरल्यान्ड्सका लोगान भान वीकले ४, बास दी लिदी र विक्रमजित सिंहले दुई/दुई विकेट तथा क्लेटन फ्लाेइड र आर्यन दत्तले एक/एक विकेट लिए।
सुपर सिक्समा पुग्नका लागि नेपाललाई आजकाे खेल जित्नैपर्ने दबाब थियाे
यसअघि भएका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित निकालेकाे नेपाल नेदरल्याण्ड्ससँग पराजित भएसँगै समूह चरणबाटै बाहिरिएकाे छ।