मेष- आज झैझगडा हुन सक्छ। तौलिएर मात्र बोल्नु होला। मुद्दा मामिलामा पर्ने जोखिम पनि उत्तिकै छ। पेशामा पनि समस्या देखिन सक्छ। त्यसैले आज उच्च सावधानी अपनाउने दिन छ।
वृष- आज व्यापार, व्यवसाय र रोजगारीमा राम्रो दिन छ। तथापि, मन द्विविधाग्रस्त रहने छ। कुटुम्बेली काममा व्यस्त रहनुपर्ने हुन सक्छ। व्यापार, व्यवसाय सन्तोषजनक रहने छन्।
मिथुन- वैदेशिक लगानीले मात्र आज लाभ दिलाउलान्। अचल सम्पत्तिको किनबेच हुन सक्छ। दाम्पत्य जीवन ठीकै रहला। यात्रामा निस्किनुपर्ने हुन सक्छ।
कर्कट- अधुरा काम फेरि शुरु गर्न सफलता मिल्ने छ। परिश्रमको राम्रो प्रतिफल पाइएला। टाढाको यात्राको योजना बन्ने छ। साथीभाइको राम्रो साथ पाइएला।
सिंह- आज रोग लाग्ने जोखिम छ। अनावश्यक खर्च हुने जोखिम पनि रहेकाले मितव्ययिता अपनाउनु होला। स्वास्थ्य पनि कमजोर रहन सक्छ।
कन्या- अध्ययनमा प्रगति हुनेछ। आकस्मिक धनलाभको योग पनि छ। अधुरा काम फटाफट सम्पादन हुनाले आर्थिक पाटो सबल रहने छ।
तुला- आजको दिन आम्दानी मजबुत बन्ने योग छ। घरमा भने पाहुनाले सताउलान्। परिवारको राम्रो साथ मिल्ने छ। अपेक्षा गरेभन्दा बढी फाइला हुन सक्छ।
वृश्चिक- आज मनोरञ्जनपूर्ण रूपमा दिन बित्ने छ। टाढा या नजिकको रमणीय भ्रमण हुन सक्छ। वैदेशिक क्षेत्रमा लाभ हासिल गर्ने समय छ। प्रतिस्पर्धामा विजयश्री मिल्ने छ।
धनु- टाढाको यात्रामा निस्किने समय छैन। नजिक बनेर धोका दिनेहरू सक्रिय छन्। धनमाल हराउन सक्छ, सावधानी अपनाउनु होला। घरेलु समस्या निम्तिने छ।
मकर- बनिसकेको काम बिग्रिन सक्छ। मातृ धनको उपयोगबाट लाभ हासिल हुन सक्छ। आर्थिक कारोबार खासै राम्रो रहने छैन। आकस्मिक धनलाभ हुन सक्छ।
कुम्भ- सन्तान सुख प्राप्त हुनेछ। अध्ययन, अध्यापनमा सफलता प्राप्त होला। अपेक्षाअनुसार नै आम्दानी प्राप्त गर्न सकिने छ। अध्ययन, अध्यापनमा मन जाला।
मीन- जोश, जाँगर बढेको छ। नयाँ काम शुरु गर्ने समय आएको छ। नसोचेको ठाउँबाट आर्थिक लाभ हुन सक्छ। नयाँ कामका योजना बन्ने छन्।