• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

जनकपुरधाम उपमहागरको विशेष जोड फोहर सङ्कलन र व्यवस्थापनमा


शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

काठमाडौं– मधेस प्रदेशको राजधानीसमेत रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फोहरमैला सङ्कलन तथा व्यवस्थापनमा विशेष जोड दिएको छ ।

Advertisement

आज दशौँ नगरसभामा उपमहानगर प्रमुख मनोजकुमार साहले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष विसं २०८०÷८१ को नीति तथा कार्यक्रममा ‘सफा, स्वच्छ, सुन्दर र सुसंस्कृत जनकपुरधाम उपमहानगर’ बनाउने सोचसहित वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापनलाई जोड दिँदै यसमा वडादेखि नै सबैलाई जिम्मेवार र जवाफदेही बनाउने नीति लिएको उल्लेख छ ।

सो नीतिमा आगामी आवदेखि फोहर सङ्कलनको सम्पूर्ण जिम्मा वडालाई नै दिने उपमहानगर प्रमुख साहले घोषणा गरेको हो । सोअन्तर्गत सरसफाइसम्बन्धी उत्कृष्ट काम गर्ने वडालाई वार्षिक बजेटमा रु १० लाख थप विकास अनुदान दिनुका साथै फोहर व्यवस्थापन र त्यसको बहुउपयोगका लागि आवश्यक प्राविधिक सहयोग तथा फोहर व्यवस्थापनमा जनसहभागिता अभिवृद्धि गर्न दण्ड, पुरस्कार प्रणाली लागू गर्ने, प्रत्येक वडामा फोहर सङ्कलन गर्ने सवारीसाधन, जनशक्ति तथा स्रोत उपलब्ध गराइने घोषणा गरिएको छ ।

त्यसैगरी तीनै तहका सरकारको समन्वयमा सरसफाइ स्वच्छता कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्ने, नदीनाला तथा पानीको स्रोतलाई प्रदूषणमुक्त राख्न फोहर पानी प्रणालीको विकास र विस्तार, नगर क्षेत्र र ग्रामीण क्षेत्रको सरसफाइलाई वैज्ञानिक तथा व्यवस्थित बनाउने, नगर क्षेत्रमा एक फोहर प्रशोधन केन्द्र स्थापना, नगरका विभिन्न क्षेत्रमा साना फोहर सङ्कलन केन्द्र बनाई मुख्य प्रशोधन केन्द्रमा पुर्याउने व्यवस्था गर्ने, फोहरलाई स्रोतमा नै छुट्याउन नागरिकस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

वातावरण तथा प्रविधिमैत्री यातायात व्यवस्थापन गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन, जनकपुरको हेरिटेज रुट करिडोरलाई हरियाली तथा सौन्दर्य अभिवृद्धि गर्ने र उपमहानगरलाई नेपालको सांस्कृतिक राजधानी घोषणा गर्न नेपाल सरकारसँग पहल गर्ने पनि कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा आगामी साउन १ गतेदेखि खुलारूपमा विचरण गर्ने छाडा चौपायाको व्यवस्थापनका लागि गौशाला सञ्चालन गर्ने, व्यावसायिक खेतीलाई प्रोत्साहन गर्न अत्याधुनिक कृषि बजार, ‘एक टोल एक सामूहिक कृषि उत्पादन क्षेत्र’, किसानलाई चाहेको बेला कृषियन्त्र उपलब्ध गराउन एक ‘कस्टम हायरिङ केन्द्र’ स्थापना, कृषियोग्य भूमिको पूर्ण उपयोग गर्न जमिन बाँझो राख्न नदिने, कृषि तथा गैरकृषि भूमिको स्पष्ट वर्गीकरण, उत्कृष्ट किसानलाई पुरस्कार, एक वडा एक उत्पादन, एक वडा एक पशु फार्म कार्यक्रम लागू गर्ने जनाइएको छ ।

त्यसैगरी उद्योग, व्यापार तथा व्यवसाय प्रवर्द्धनका लागि सार्वजनिक– निजी साझेदारी केन्द्र स्थापना, सन्ध्याकालीन बजार सञ्चालन गरी स्थानीय उत्पादन तथा सेवा प्रवर्द्धन, साना तथा मझौला उद्योगको संरक्षण गर्ने, पर्यटन तथा सांस्कृतिक गतिविधिलाई बढावा दिने उद्देश्यले भारतका विभिन्न सहरमा जानकी फेस्टिभल आयोजना, मिथिला मध्यमा परिक्रमाका सम्पूर्ण पडावस्थलको समुचित विकास, जनकपुरधाममा प्रोजेक्सन म्यापिङ सो, म्युजिकल स्वअध्ययन तथा व्यवस्थापन, खुला पार्क र पर्यटन सूचना केन्द्र सञ्चालन, दैनिकरूपमा नाटक प्रदर्शन, ‘हाम्रो सम्पदा ः राम्रो सम्पदा’ कार्यक्रम, धार्मिक सांस्कृतिक परिपथको विकास गरी पर्यटन सञ्जाल विस्तार, एक वडा एक पोखरी, सार्वजनिक तथा घुम्ती शौचालयको व्यवस्था गर्नेलगायतका कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यसका अतिरिक्त भू–उपयोग योजना निर्माण, व्यवस्थित बस्ती विकास, युवा तथा उद्यमीलाई नवीन व्यवसाय सुरु गर्न प्रोत्साहन, आधारभूत एवं गुणस्तरीय स्वास्थ्य सेवामा नगरवासीको पहुँचवृद्धि, हाम्रो स्कुल बनाऔँ, राम्रो स्कुलको नीतिअनुसार विद्यालय शैक्षिक सुधार, उपमेयरसँग बालबालिका कार्यक्रम, भवन, आवास तथा बस्ती विकासलाई वैज्ञानिक बनाउने, पूर्वाधार विकास कार्यलाई व्यवस्थित बनाउन परियोजना बैंक तयार गर्ने, सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई जोड दिँदै विद्युतीय शासनलाई प्रवर्द्धन गर्ने विषय पनि नीति तथा कार्यक्रममा छन् ।

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०÷८१ को लागि रु दुई अर्ब २८ करोड २३ लाख ६८ हजार दुई सय ९० को अनुमानित आय प्रस्तुत गरेको छ ।

 

शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.