• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

किसानलाई कफीका बिरुवा वितरण


शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

काठमाडौं-  काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानलाई आम्दानी वृद्धि गराउन निःशुल्क रुपमा कफीका बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन बिरुवा वितरण गरेको हो ।

Advertisement

वडा नं १ का वडाअध्यक्ष कान्छामान जिम्बाले भौतिक विकाससँगै आर्थिक विकासका रुपमा कफीलाई अगाडि बढाउने अभियान थालिएको बताए । मकै र कोदो खेती गरेको ठाउँमा कफी खेतीको उत्पादनले झन्डै दोब्बर आम्दानी लिएको पाएकाले पनि परम्परागत खेतीबाट फरक तरिकाले कफीका साथै फलफूल खेतीतर्फ किसानलाई डो¥याउने काममा वडाले काम गरिरहेको उनले बताए । किसानले पनि आम्दानीका लागि खेतीमा विकल्प सोचिरहेका बेला कफी उत्पादन प्रमुख हुने देखिएको उनको भनाइ छ ।

महाभारत क्षेत्रमा कफीको राम्रो उत्पादन हुने र अहिलेसम्ममा परम्परागत रुपमा मकै, कोदो लगायतका खेती गर्दै आएका यहाँका किसानको मुख्य आम्दानीको स्रोत कफीमा देखिएकाले बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । अहिले पालिकाका सबै वटामा सहकारी संस्थामार्फत आर्थिक वर्ष २०७९÷८० मा मात्रै एक लाख कफीका बिरुवा वितरण गरेको उहाँले बताए ।

‘महाभारतको आर्थिक समृद्धिको आधार कफीबाट हुने सम्भावना रहेको पाइएका कारण उत्पादनमा किसानलाई जोड्न यस वर्ष बिरुवा वितरणमा जोड दिएका छौँ,’ उनले भने ‘यसअघि पालिकाले कफी उत्पादनको विषयमा जानकारी, त्यसको बजारीकरण र गुणस्तरीय उत्पादनका लागि मेशिन वितरण लगायतका काम गरिसकेका छौँ ।’

यहाँका केही किसानले आफ्नै लगानीमा सामान्य किसिमले कफी खेती गर्दै आएको र आम्दानी पनि राम्रो हुने पाएपछि किसान पनि त्यसतर्फ आकर्षित भएका छन् । आम्दानी पनि राम्रो हुने, पालिकाले पनि निःशुल्क रुपमा बिरुवा वितरण गरेपछि यहाँका किसान खुसी भएका छन् ।

कफी उत्पादनलाई प्रोत्सान दिन यस वर्षबाट वडा नं ३, ५ र ८ वडामा नर्सरी समेत स्थापना गरेको पालिकाले जनाएको छ । त्यस्तै कृषि क्षेत्रमा किसानलाई अग्रसर गराउन ट्र्याक्टर, स्प्रे पम्प, प्लास्टिक टनेल र आवश्यकताका आधारमा किसानको मागमा आधारित तालिमसमेत उपलब्ध गराइँदै आएको पालिकाले जनाएको छ । इलाममा चिया हेर्न नेपालीसँगै विदेशी पर्यटक गए जसरी महाभारतमा कफी हेर्ने पर्यटक भित्र्याउने लक्ष्यका साथ काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।

शुक्रबार, असार ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.