काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १० पैसा र बिक्रीदर १३१ रुपैयाँ ७० पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४३ रुपैयाँ २७ पैसा र बिक्रीतर्फ १४३ रुपैयाँ ९२ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६७ रुपैयाँ २४ पैसा र बिक्रीमा १६८ रुपैयाँ तय गरिएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८९ रुपैयाँ ११ पैसा र बिक्रीमा ८९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर खरिदमा ९९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६६ पैसा, सिंगापुर डलर खरिदमा ९७ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९८ रुपैयाँ १० पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीमा ९ रुपैयाँ ३१ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ २७ पैसा र बिक्रीमा १८ रुपैयाँ ३५ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३४ रुपैयाँ ९५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ११ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ २५ पैसा र बिक्रीमा २८ रुपैयाँ ३८ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ १८ पैसा र बिक्रीतर्फ १० रुपैयाँ २२ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ८६ पैसा तथा बहराइनको दिनार खरिदमा ३४७ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३४९ रुपैयाँ ३३ पैसा तय गरिएको छ।