• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

पोखराको अर्को आकर्षण ड्रागन बोट रेस


मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित

गण्डकी- नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल’ यहाँको पर्यटनका लागि महत्त्वपूर्ण बन्‍ने विश्‍वास लिइएको छ।

Advertisement

कोरोना महामारीका कारणले सुस्ताएको पर्यटनले विस्तारै गति लिँदै गर्दा नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको फेवातालमा ड्रागन बोट रेस हुन लागेको हो।

८-९ असारमा हुने फेस्टिभलको तयारी भइरहँदा पोखराका पर्यटन व्यवसायी उत्साहित देखिन्छन्। फेवाताल किनार क्याम्पिङ चोकमा हुने फेस्टिभलले यहाँको अन्तर्राष्‍ट्रिय पर्यटन प्रबर्द्धनमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्‍ठले बताए।

‘चीन नेपालको पर्यटनका लागि महत्त्वपूर्ण अन्तर्राष्‍ट्रिय बजार हो,’ उनले भने, ‘ड्रागन बोट रेस फेस्टिभलले आगामी दिनमा चिनियाँ पर्यटकको आगमन बढाउन प्रबर्द्धनको काम गर्नेछ।’ फेस्टिभलका लागि पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखरा सहयोगी संस्था छन्। फेस्टिभलका लागि चीनबाट आठवटा विशेष खालका डुंगा पोखरा ल्याएर परीक्षण गरिएको छ।

फेस्टिभलअन्तर्गत चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुंगा दौड प्रतियोगिता हुनेछ। पाँच सय र एक हजार मिटरको दौडमा प्रतिस्पर्धा हुनेछ। बोट रेसका लागि २१ वैशाखमा पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएको थियो। चीनले यस प्रकारका बोट रेस फेस्टिभल ५० भन्दा बढी देश र क्षेत्रमा आयोजना गर्दै आएको छ।

फेस्टिभलमा चीनबाट विशिष्‍ट पाहुनाको सहभागिता हुने र यसैका सन्दर्भमा पोखरा अन्तर्राष्‍ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्‍ट्रिय चार्टर्ड उडान हुने भएको छ। नेपाल-चाइना ड्रागन बोट रेस फेस्टिभलका लागि उक्त उडानमार्फत करिब १३० जना आउने अनुमान गरिएको अध्यक्ष श्रेष्‍ठले जानकारी दिए।

पोखरा अन्तर्राष्‍ट्रिय विमानस्थलबाट चीनको सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्‍ट्रिय उडान गर्दैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच गत शुक्रबार सम्झौता भएको छ। प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले ६ असारमा चार्टर्ड उडानका लागि अनुमति पाएको छ। उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्‍ट्रिय विमानस्थलमा उडान गर्नेछ। गत १७ पुस ०७९ मा उदघाटन गरिएको पोखरा अन्तर्राष्‍ट्रिय विमानस्थलमा अन्तर्राष्‍ट्रिय उडान हुन सकेको छैन।

पोखरा चिनियाँ पर्यटकको रोजाइको गन्तव्य हो। यहाँ आउने चिनियाँ पर्यटक विशेषतः प्राकृतिक सौन्दर्य अवलोकन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीलगायत साहसिक पर्यटनमा रुचि राख्छन्।

नेपालमा भित्रिने चिनियाँ पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पोखरा आउने गरेको अध्यक्ष श्रेष्‍ठको दाबी छ। दक्षिण एसियामै पहिलोपटक हुन लागेको यो प्रतियोगिता पोखरेलीका लागि महत्त्वपूर्ण अवसर रहेको पोखरा महानगरपालिका पर्यटन समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताए।

‘कोभिडबाट थलिएको पर्यटनलाई उकास्‍न यो फेस्टिभल आफैंमा विशेष छ,’ उनले भने। फेस्टिभलसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने उनको दाबी छ।

पोखरामा पर्यटकलाई लक्षित गरी निर्माण गरिएका साना तथा ठूला गरी सात सय संख्यामा होटेल रहेको होटेल एसोसिएसन नेपाल (हान) पोखराका अध्यक्ष लक्ष्‍मण सुवेदीले जानकारी दिए। पोखरामा होटेल पूर्वाधारमा मात्रै चार खर्ब रुपैयाँभन्दा बढीको लगानी छ।

‘यहाँ नेपालीका साथै चिनियाँ नागरिकले सञ्‍चालन गरेका रेस्टुराँ पनि छन्,’ उनले भने, ‘चिनियाँ भाषा जानेका पर्यटक गाइडको संख्या पनि राम्रै छ।’ पोखरा आउने चिनियाँ पर्यटकलाई चिनियाँ परिकारको कुनै समस्या नहुने उनले भनाइ छ।

मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

भर्खरै

  • १.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • २.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ३.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ४.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ५.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ६.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ७.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ८.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.