काठमाडाैं– बाढी पूर्वानुमान महाशाखाले नुवाकोटको बेत्रावती आसपासको क्षेत्रमा बाढीकाे जाेखिम रहेकाले सतर्क रहन आग्रह गरेकाे छ।
Advertisement
पछिल्लो ३ घण्टामा बेत्रावती आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको र थप बर्षा हुने पुर्वानुमान रहेको महाशाखाले जनाएकाे छ।
महाशाखाले सूचना जारी गर्दै सो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बहाव तथा कमजोर तथा भिरालो भू-भागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरेकाे हाे।