काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशकाे व्यवसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई केन्द्रमा राखेर ऋणीलाई ब्याज छुट दिने निर्णय गरेको छ।
Advertisement
बैंकले सम्पूर्ण ऋणीहरुलाई १ देखि ३१ असार २०८० सम्म सबै प्रकारका कर्जाको ब्याज तिर्दा तिरेकाे रकमको ५ प्रतिशत छुट दिने निर्णय गरेको हो।
ब्याज छुट रकम सम्बन्धित ऋणीको खातामा फिर्ता गरिने भएकाले अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणीहरुलाई बैंकले अनुरोध गरेको छ।
जुनसुकै प्रकारको कर्जा, जतिसुकै अवधिको ओभरड्यु, नर्मल तथा पेनल भुक्तानी जुनसुकैमा पनि ब्याज छुट गरिने बैंकले बताएकाे छ।
७७ जिल्लाका सबै सदरमुकाम सहित २७२ वटा शाखा कार्यालय, ५४ वटा एक्सटेन्सन काउन्टर र ९९ वटा शाखा रहित बैंकिङ्ग मार्फत बैंकले सेवा दिइरहेकाे छ।