मेष- आज आँखाको समस्याले सताउने सम्भावना छ। धनमाल हराउने, चोरिने या ठगिने योग रहेकाले विशेष सावधानी अत्यावश्यक छ। परिवारको चिन्ताले पनि सताउन सक्छ।
वृष- विशिष्ट व्यक्तित्वबाट सम्मान प्राप्त हुने योग छ। परिश्रमको उचित प्रतिफल पाइने छ। खराब आचरणका व्यक्तिहरूसँग टाढै रहनु उत्तम हुनेछ।
मिथुन- तपाईंकै गलत आचरणले परिवारमा वैरभाव उत्पन्न हुनेछ। मित्रजन रिसाउलान्। व्यापार, व्यवसाय भने सफल रहने छन्। कमजोर सच्याउन चाहँदा मात्र दिन सुखद रहने छ।
कर्कट- अधैर्य बढ्ने छ। मनमा डरले डेरा जमाउला। आर्थिक संकट उत्पन्न होला। चोटपटकको भय रहेकाले विशेष सावधानी अपनाउनु उत्तम हुनेछ।
सिंह- अपेक्षित काम नबन्न सक्छ। चल अचल सम्पत्तिमा विवाद आउन सक्छ। स्वास्थ्य कमजोर रहने छ। त्यसका बावजुद विशिष्ट व्यक्तिहरूसँग मित्रता कसिलो बन्ने छ।
कन्या- नाम मात्रको उपहार प्राप्त हुन सक्छ। आफ्नै कमजोरीले हातमा आइसकेको अवसर गुम्न सक्छ। अनावश्यक खर्च बढ्ने छ। अधुरा काम फटाफट सम्पादन होलान्।
तुला- अध्ययन, अध्यापनमा प्रगति होला। नयाँ काम शुरु गर्ने योग छ। कामबाटै कीर्तिमान कायम गर्न सकिएला। पराक्रम बढ्ने छ। धनलाभ होला।
वृश्चिक- अपेक्षा गरिएको काम सहजै सम्पादन होला। महत्त्वाकांक्षा उच्च बनेको छ, सम्हालिएर अगाडि बढ्नु होला। शत्रु परास्त हुने छन्। प्रतिष्ठा प्राप्त हुनेछ।
धनु- आर्थिक संकट देखा पर्ला। विपरीत लिंगीको सहयोग प्राप्त होला। चल अचल सम्पत्तिमा विवाद उत्पन्न हुनेछ। उच्च वर्गसँग पहुँच स्थापित हुनेछ।
मकर- अरूको मुख ताक्ने बानी छाड्नु उत्तम हुनेछ। अवसरहरूले पछ्याएका छन्। ठूलाबडाले नै आज तपाईंलाई धोका दिन सक्छन्। हातमा आएको अवसर गुम्न सक्छ।
कुम्भ- तपाईंको सरल जीवनशैलीको आज सर्वत्र प्रशंसा होला। उपहार प्राप्तिको योग पनि छ। व्यापार, व्यवसायमा राम्रो नाफा आर्जन होला।
मीन- अधुरा काम सम्पादन गर्न थप प्रयत्न आवश्यक छ। दाम्पत्य जीवन सुखमय रहने छ। विपरीत लिंगीको सहयोगमा काम सम्पादन हुने छन्। आफन्तजनले सहयोग गर्ने छन्।