• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

रासस र आयोगबीच अन्तरक्रिया : मानव अधिकारको क्षेत्रमा सहयोग र सहकार्य आवश्यक


शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

काठमाडौं-  मानव अधिकारको संरक्षण र संवर्द्धनका पक्षमा एकापसमा सहयोग र सहकार्य गर्नेलगायत समसामयिक विषयमा राष्ट्रिय समाचार समिति (रासस) र राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

Advertisement

रासस केन्द्रीय कार्यालयमा आज भएको अन्तरक्रियामा मानव अधिकार सुनिश्चित गर्न आमसञ्चारमाध्यम र आयोगबीच आपसी सहयोग र सहकार्य हुन आवश्यकता औँल्याइएको थियो । समाचार बैंकका रूपमा रहेको राससमार्फत मानव अधिकारसम्बन्धी विषय उजागर गर्नुपर्नेमा जोड दिइयो ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले व्यावसायिक हिसाबले आयोग र राससबीच अन्यान्योस्रित सम्बन्ध रहेको चर्चा गर्दै स्वदेश तथा विदेशमा समेत कार्यसञ्जाल रहेको नेतृत्वदायी आमसञ्चारमाध्यमका रूपमा स्थापित राससमार्फत मानव अधिकारसम्बन्धी विषयलाई व्यापकरूपमा प्रचारप्रसार गर्नसकिने धारणा व्यक्त गरे । उनले मानव अधिकारजस्तो संवेदनशील एवं महत्वपूर्ण क्षेत्रको अनुगमन तथा मूल्याङ्कनसहित आवश्यक सिफारिस गर्ने संवैधानिक अधिकार प्राप्त आयोगको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्ने बताए

ं। मानव अधिकारसम्बन्धी मुद्दालाई राससले प्राथमिकता दिएको स्पष्ट गर्दै कार्यकारी अध्यक्ष झाले खोजमूलक समाचार, तालिम तथा अभिमुखीकरण, अनुगमन लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने प्रस्ताव प्रस्तुत गरे ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आमसञ्चारमाध्यमसँगको सहयोग र सहकार्यलाई निरन्तरता दिँदै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउने क्रममा राससका पदाधिकारीसँग भएको छलफल फलदायी भएको धारणा व्यक्त गरे । राससबाट प्राप्त सहकार्यको प्रस्तावका सन्दर्भमा जिम्मेवार पदाधिकारीहरूसँग छलफल गरी कार्यान्वयनमा प्रक्रियामा जान आयोग तयार रहेको प्रवक्ता डा पोखरेलले स्पष्ट गरे ।

आयोगका सहसचिव सम्झना शर्मा र सञ्चार अधिकृत दुर्गा पोखरेलले जिम्मेवार आमसञ्चारमाध्यमसहित सरोकारवाला पक्षको सहयोग र सहकार्यमा मात्र मुलुकमा मानव अधिकार सुनिश्चित हुने धारणा व्यक्त गर्दै रासससँगको सहकार्यमा जोड दिए ।

सो अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई, प्रमुख समाचारदाता उत्तम सिल्वाल, प्रधानसम्पादक एकराज पाठक र आलेख सेवा प्रमुख कृष्ण अधिकारीले मुलुकका आमसञ्चारमाध्यमको समाचारको स्रोतका रूपमा रहेको रासस र आयोगबीचको व्यावसायिक सम्बन्धलाई अझ परिणाममुखी बनाउँदै आपसी सहयोग र सहकार्यमा जोड दिए ।

 

 

 

शुक्रबार, असार ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.