काठमाडाैं– काठमाडाैं महानगरका मेयर बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएका भ्रामक शब्दहरु नहटाए हिन्दी फिल्म चल्न नदिने बताएका छन्।
Advertisement
विहीबार सामाजिक सञ्जालमार्फत उनले भ्रामक शब्दहरु नहटाए काठमाडौ महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घाेषणा गरेका हुन्।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएका ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्र नभइ भारतमा पनि सच्चिनुपर्ने भन्दै उनले सच्याउन ३ दिनको समय दिएका छन्।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। ’ माता सीताको जय होस।’ उनले भनेका छन्।