काठमाडौं– काटमाडाैंकाे जडिबुटीमा टिपरकाे ठक्करबाट एकजनाकाे मृत्यु भएकाे छ।
Advertisement
काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकमा बा५ख ३४३७ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिएकाे हाे।
ठक्करबाट मोटरसाइकलमा सवार दोलखा शैलुङ्ग गाउँपालिका-२ घर भई काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय झनक थापा मगरको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेकाे बताएकाे छ।