• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सुनौला हजार दिनमा उन्नत जातका कुखुरा


सोमबार, जेठ २९, २०८० मा प्रकाशित

हुम्ला– हुम्लाको दक्षिणी भेगमा रहेको ताँजकोट गाउँपालिकाले नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमा र गर्भवतीलाई उन्नत जातका कुखुरा वितरण गरेको छ।

Advertisement

गाउँपालिकाभरिका आमाको पोषण स्वास्थ्य सुधार गर्न उन्नत जातका कुखुरा, विभिन्न प्रकारका तरकारीका बीउबिजन पनि वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले बताए। गाउँपालिकामा सुनौला हजार दिनका एक सय १० आमालाई प्रतिव्यक्ति एउटा कुखुराका दरले उन्नत जातका कुखुरा वितरण गरिएको शाखा प्रमुख ढकालले बताए।

“सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न सुरु गरेका छौँ, आमालाई राम्रै सहयोग हुनेछ” उनले भने। गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत पाँच वडाका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालिएको हो।

सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले उन्नत जातका कुखुरा वितरण गरिएको जनाइएको छ। गाउँपालिकामा भएका सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्य सुधार र कुपोषणको दर न्यूनीकरण हुने विश्वासले कुखुरा वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए।

त्यस्तै गाउँपालिकाले कृषिअन्तर्गत सुनौला हजार दिनका आमालाई मौसमी तरकारी वितरण र सरसफाइसम्बन्धी जानकारी गराइएको हो। आमाको आयस्तर बढाउन र कुपोषणदर घटाउन गाउँपालिकाले विभिन्न काम गर्दै आउनुका साथै यो यस्ता खाले अभियान सफल हुँदै आएको अध्यक्ष जैसीले बताए। गाउँपालिकामा भएका सुनौला हजार दिनका आमाले कुखुरा पाउन थालेपछि अहिले आमा बनेका महिला निकै खुसी हुन थालेका छन्।

अन्य बस्तुभाउभन्दा कुखुरा पाल्न र हुर्काउन सजिलो हुने भएकाले कुखुरा पाएपछि स्थानीय खुसी भएको उनको भनाइ छ। सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त उन्नत जातका कुखुरा र तरकारीको बीउ वितरण गरिएको हो। सधैँभरि पोषण दिएर पुग्दैन, आफ्नो घरमै बनाएर खाने बानीको विकास होस् भन्नका लागि पनि वितरण गरिएको उनले बताए।

सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले यो कार्यक्रम प्रभावकारी बनेको जनाइएको छ। यस्ताखाले कार्यक्रमका लागि गाउँपालिकाले पनि सक्दो सहयोग गर्ने अध्यक्ष जैसीले बताए।

सोमबार, जेठ २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.