काठमाडौं– टेस्ट च्याम्पियनसीपको दोस्रो संस्करणकाे फइनलमा भारत पराजित भएकाे छ। ईंग्ल्यान्डको ओभल मैदानमा भएकाे फाइनलमा अष्ट्रेलियाले भारतलाई २०९ रनले हराउँदै उपाधि जितेकाे हाे।
अष्ट्रेलियाले भारतलाई जितका लागि चौंथो इनिङमा ४४४ रनको विशाल लक्ष्य दिएकाे थियाे। पाचौं दिनको खेलमा भारत २३४ रनमै अल आउट भयो।
स्कट बोल्यान्डले एकै ओभरमा कोहली र जडेजालाई आउट गरेपछि भारत हार उन्मुख भएकाे थियाे। भारतका कुनै पनि ब्याट्सम्यानले अर्धसतक सम्म पनि बनाउन सकेनन्। कोहलीले ४९ रन र अजिन्का रहानेले ४४ रन बनाएका थिए।
अष्ट्रेलियाका लागि नाथन लायनले ४ विकेट, स्कट बोल्यान्डले ३ विकेट, मिचेल स्टार्कले २ र कप्तान प्याट कुमिन्स एक विकेट लिएका थिए।
स्टिभन स्मिथ र ट्राभिस हेडले २८५ रनको विशाल साझेदारी गरेपछि अष्ट्रेलियाले ४६९ रन बनाउँन सफल भएकाे थियाे।
च्याम्पियनसीपको पहिलो संस्करणकाे फाइनलमा न्यूजिल्यान्डसँग पराजित भएकाे भारतले दोस्रोपटक टेस्ट च्याम्पियनसीपमा हारकाे तिताे अनुभव बटुलेकाे छ।