काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीविरुद्ध दिएकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउन माग गरेका छन्।
Advertisement
आइतबारकाे प्रतिनिधि सभा बैठकमा शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध युद्ध अपराध जस्तो गम्भिर मुद्दा परेपछि पदमा बस्ने कुनै नैतिक अधिकार नभएको र अदालतमा जवाफ दिन जाँदा राजिनामा दिएर जानुपर्ने अभिव्यक्ति दिएका थिए।
शाहीले बोल्नेबित्तिकै सांसद सापकोटाले भने, ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरेर आफ्नो कुरा राख्नुभयो? प्रधानमन्त्रीलाई उहाँले एकोहोराे गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो। उहाँकाे अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्छ।’