परासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-३ कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्।
Advertisement
गैँडाकोट नगरपालिका-३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुईजना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापू्र्व)ले जनाएको छ।
नदीमा डुबेर गैँडाकोट नगरपालिका-२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका-२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी छन्।
गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन्। बेपत्ता भएका दुवै जनाको खोजीका लागि इलाका प्रहरी गैंडाकोट र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको र हालसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।