• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

वातावरण संरक्षणमा सबैको सक्रियता आवश्यक : मन्त्री आचार्य


    Avatar photo
शनिबार, जेठ २७, २०८० मा प्रकाशित

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुन्दर, सफा र स्वच्छ हरियाली बनाउने अभियानमा सबैको सक्रियता जरुरी भएको बताउनुभएको छ ।

Advertisement

नेपाल टेलिकमले मैनादेवी फाउण्डेशनको सहकार्यमा सञ्चालन गरेको ‘नेपाल टेलिकम क्लिन अप प्रिमियर लिग’ को आज समापनका अवसरमा उहाँले वातावरणीय सन्तुलन कायम राख्न र यसबारे जनचेतना अभिवृद्धि गर्न कलेजहरूले गरेको कार्य निकै प्रशंसनीय भएको बताउनुभयो ।

मन्त्री आचार्यले यसबाट वातावरण संरक्षणप्रतिको जागरुकता सबैमा जगाउन प्रेरणा मिलेको र यसमा अन्य सङ्घसंस्थालाई पनि हातेमालो गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

सांसद आरजु राणा देउवाले वातावरण स्वच्छ राख्न सबैमा प्रेरणा जगाउने कार्यमा नेपाल टेलिकम जस्ता संस्थाहरूले सहयोग गरेकोमा आभार व्यक्त गर्दै अहिलेका युवा पुस्तालाई यसबाट वातावरण संरक्षणमा धेरै महत्त्वपूर्ण प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिकमका प्रबन्धक रीना डङ्गोलले युवा पुस्तालाई विभिन्न कार्यमा लाग्न कम्पनीले प्रेरित गरिरहेको बताउनुभयो । मैनादेवी फाउण्डेशनका संस्थापक केपी खनालले देशभरका विभिन्न स्थानको सरसफाइ कार्यमा फाउण्डेशन सक्रिय रहेको र अब काठमाडौँ उपत्यकापश्चात देशका अन्य क्षेत्रमा नयाँ सफाइ अभियानको थालनी गरिने बताउनुभयो ।

काठमाडौँ उपत्यकाका १५ कलेजका विद्यार्थीहरू सहभागी सो कार्यक्रममा विद्यार्थीहरूले आफ्नो क्षेत्रमा सरसफाइ गर्नुका साथै सो क्षेत्रलाई सरसफाइको नमूना बनाउनका लागि आफ्नो अवधारणा प्रस्तुत गरेका थिए । प्रतियोगितामा समृद्धि कलेजले पहिलो स्थान, जया मल्टिपल कलेजले दोस्रो स्थान र इम्पेरियल बिजनेस कलेजले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । मन्त्री आचार्यले विजेता कलेजलाई पुरस्कृत गर्नुभएको थियो ।

गत वैशाख ९ गते विश्व पृथ्वी दिवसका दिन नेपाल टेलिकमको केन्द्रीय कार्यालय प्राङ्गणबाट सो कार्यक्रमको शुभारम्भ गरिएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीले हरेक साता शुक्रबार वा शनिबार सरसफाइ कार्य गरेका थिए । उनीहरूले कलेज क्षेत्रका विभिन्न स्थानमा सरसफाइ गर्ने मात्र नभई भविष्यमा फोहोर नै हुन नदिनका लागि समेत आफ्ना अवधारणा प्रस्तुत गरेका थिए । यसबाट भविष्यमा जलवायु परिवर्तन र वातावरण संरक्षणको बारेमा सबैको चासो बढ्ने अपेक्षा गरिएको छ ।

शनिबार, जेठ २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.